Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शाखा कार्यालय सुर्खेत मार्फत वीरेन्द्रनगर नगरपालिका– ०९, पर्सेनी स्थित श्री कोपिला माध्यमिक विद्यालयलाई सामग्री वितरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विद्यालयलाई कुर्सी तथा विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरेको जनाएको छ । बैंकको सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी र ८० जना विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेका हुन् ।

सुर्खेत शाखा प्रमुख आचार्यले बैंकको उक्त सहयोगले विद्यालयमा अध्ययनरत विपन्न तथा गरिब विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे भने प्रधानाध्यापक उपाध्यायले उक्त सहयोगप्रति आभार प्रकट गरेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit