Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सहकारी छानबिन प्रतिवेदनको ‘४४९ पेज’ पढेर क्याविनेटले पुनः अनुसन्धान गरोस् : वाग्ले

सहकारी छानबिन प्रतिवेदनको ‘४४९ पेज’ पढेर क्याविनेटले पुनः अनुसन्धान गरोस् : वाग्ले
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानबिन प्रतिवेदनलाई पुनअध्ययन गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार नख्खु कारागारमा पूर्व सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले संसदले बनाएको छानबिन प्रतिवेदनमा एमालेको नियत राम्रो नभएको बताए । ओली सरकारले नियतबस लामिछानेलाई प्रतिवेदनको आधारमा थुनामा राखेको उल्लेख गर्दै वाग्लेले प्रतिवेदन पुनः अध्ययन गर्न वर्तमान सरकारलाई आग्रह गरे ।

उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४/५ महिना भयो भैरहवामा लामो समय राखियो । आधार के थियो ? संसदले बनाएको छानविन प्रतिवेदनको आधारमा संसदले पेस गरेको त्यस्तो प्रकृतिको छानविन रिपोर्ट तयार भएको दुई तीन घण्टामा नै क्याविनेटमा लगेर कारवाही गराएको ओली सरकारको नियतबारे आम जनताले छर्लङ थाहा पाइसकेका छन् ।’

उनले अघिल्लो सरकारले बनाएको प्रतिवेदनको ४४९ पेजलाई पढेर पुःन प्रतिवेदनलाई अनुसन्धान गर्न अन्तरिम सरकारसँग माग गरेका हुन् । ‘त्यो प्रतिवेदनको पाना नं.४४९ फेरी पढिदिन यो सरकारलाई आग्रह गरेका छौं । त्यो सहकारी छानविन प्रतिवेदनलाई क्याविनेटले पुनअध्ययन गरोस् र त्यसलाई अनुसन्धान फेरी गर्नुपर्नेमा कानुनी राय लिओस्,’ वाग्लेले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit