Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

 सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन् ? 

 सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन् ? 
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईँले भएकै भिडिओ सार्वजनिक गरेको दाबी गर्दै तत्काल छाड्न माग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले सरकारसँग दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन् भनेर प्रश्न गरे । उनले भने, ‘दुर्गा प्रसाईँले दिउँसो भिडिओ सार्वजनिक गरे, राति पक्राउ ग¥यो। म सोध्न चाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ? दुर्गा प्रसाईँलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन?’

उनले थप भने ‘यतिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ ? दुर्गा प्रसाईँले सोध्दैनन् होलान् त्यसको जवाफ देशभरीका जनताले सोध्छन् नि। के हो त्यो एआई त होइन होला ? भएकै भिडियो त देखाएको हो ला नि । मुख बन्द गराएर गिरफ्तार गरेर समस्याको समाधान खोज्ने ? म सरकारलाई भन्छु दुर्गा प्रसाईँलाई तुरुन्तै छोड्नु ।’

त्यस्तै उनले मानवअधिकार आयोगले समेत प्रसाईंले बोलेकै भरमा उनलाई थुन्नु मानवअधिकारको उल्लंघन भएको प्रतिक्रिया दिँदा समेत प्रसाईँलाई नछोडेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे। ‘मानवअधिकार आगोगले भनिसकेको छ, बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनेर, सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर आयोगले भनिसक्यो बुझ्नुपर्छ सरकारले,’ उनले भने ।

त्यस्तै उनले ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन गर्न नदिएको भन्दै आक्रोस् पोखेका छन् । बाराको सिमरा एयरपोर्टमा पार्टीका महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूलाई युवा भेलामा जानबाट रोकेको घटनालाई लिएर आक्रोश व्यक्त गरेका हुन् । उनले भने, बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने? सिमरा एयरपोर्ट नै बन्द भयो। गुण्डा भन्दा अलि शब्द नराम्रो होला । ५०/६० जना मान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने? अनि सरकार भन्छ चुनाव गर्ने रे। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?’
नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit