Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

क्रिकेट खेल हेरेर फर्किने दर्शकका लागि निशुल्क बस सेवा सञ्चालन,यी रुटमा जान सकिने

क्रिकेट खेल हेरेर फर्किने दर्शकका लागि निशुल्क बस सेवा सञ्चालन,यी रुटमा जान सकिने
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल हेरेर फर्किने दर्शकहरूको सहजताका लागि निशुल्क बस सेवा उपलब्ध गराउने भएको छ। युवा तथा खेलकुद मन्त्री बलेन्द्र शाह (बल्लू) र गु्प्ता यूथको पहलमा सुरु गरिएको यो सेवा विशेषगरी महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरिएको क्यानले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

क्यानका अनुसार दर्शकहरू स्वयंलाई आफ्नो व्यक्तिगत सवारीसाधन नभएको अवस्थामा सुरक्षित रूपमा घर फर्किन सकून् भन्ने उद्देश्यका साथ बस सेवा सञ्चालन गरिएको हो। यस सेवामा मुस्कान ट्राभल्स ले सहकार्य गरेको छ।

निशुल्क बस सेवा आजदेखि खेल समाप्ति पश्चात् बेलुका ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ। बसहरू तल्लो टीयू गेट र लिथियम स्कुल अगाडिबाट छुट्नेछन्।

उपलब्ध बस रुटहरू यस प्रकार छन् :

रुट १ : टीयू गेट – स्वयम्भू – बलाजु

रुट २ः टीयू गेट – स्वयम्भू – बलाजु – महाराजगञ्ज

रुट ३ः टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्वर – तीनकुने – गौशाला – चाबहिल

रुट ४ः टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit