काठमाडौं । लामो समयदेखी निरन्तर अटो पत्रकारिता क्षेत्रमा समर्पित रोशनकुमार श्रेष्ठ छैंठौ जिनियस म्युजिक अवार्डद्धारा सम्मानित भएका छन् ।
उनलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमाणपत्र प्रदान गरे । श्रेष्ठ अटो क्षेत्रसँगै समाजसेवा पनि सक्रिय छन् ।
श्रेष्ठ लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डसका संस्थापक अध्यक्ष, अटो नेपाल, पत्रिकाको प्रकाशक तथा लायन्स इन्टरनेशनल, डिष्ट्रिक जेका कर्पोरेट कम्युनिकेशन चिफ समेत हुन् ।
श्रेष्ठले आफूले गरेको योगदान र पेशागत कार्यप्रतिको समर्पणको मूल्यांकन भएकोमा गर्व लागेको प्रतिकृया दिए । उनले उकत अवार्डले थप प्रेरणादिएको उल्लेख गरे । छैठौँ जिनियस म्युजिक अवार्ड शुक्रबार सम्पन्न भएको थियो ।

















प्रतिक्रिया दिनुहोस्