Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एभरेष्ट बैंकको नयाँ शाखा अब बझाङ्गको उत्तरपूर्व साईपाल गाऊँपालिकामा

एभरेष्ट बैंकको नयाँ शाखा अब बझाङ्गको उत्तरपूर्व साईपाल गाऊँपालिकामा
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा शाखा विस्तार गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाऊँपालिका वडा नं.१ स्थित धलौनमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले शाखाको औपचारिक रुपमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत, सुदेश खालिङ्ग ,नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिती रहेको थियो ।

बैंकको यो शाखासँगै देशभरमा बैंकको शाखाको संख्या १२९ पुगेको छ । वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा ‘क’ वर्गको बाणिज्य बैंकको उपस्थिति रहेको थियो । बैंकले भौगोलिक रुपमा अति विकट मानिएको यस्तो स्थानमा पनि शाखा विस्तारगरी आम मानिसलाई वित्तीय पहुँचमा जोड्न सफल भएको आभार ब्यक्त गरेको छ ।

शाखाको उद्घाटन गर्दैै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखा स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पुर्ण पालिकामा बंैक पुर्याउने सरकारी लक्ष्यले पुर्णता पाएको बताए अब सानेतिनोे बैकिङ सेवाको लागि पनि सदरमुकाम धाउनुपर्ने साइपाल बासीको बाध्यताको अन्त्य भएको अधिकारीले बताए । उनले भने,‘ उनले यो ठुलो कार्य सफल भएको छ यो सँगै अब बिस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने छ ।’ देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ़न गई समग्र आर्थिक बिकाशमा थप टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit