Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नाडा र वाडाले ‘पोखरा अटो सो’ गर्ने तयारी

नाडा र वाडाले ‘पोखरा अटो सो’ गर्ने तयारी
विज्ञापन
Advertisement

काठमाडौँ ।  नाडा अटोमोवाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन (वाडा) को टोलीबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
वाडाको नवनिर्वाचित कार्यसमितिलाई नाडाले बधाई दिँदै अटोमोवाइल व्यवसायकाबारे एक अन्तरक्रिया आयोजना गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नाडाका अध्यक्ष करण चौधरीले नाडाले च्याप्टरहरुसँग सुमधुर सम्वन्ध स्थापना गरी सहकार्य गरिरहेको बताए । उक्त अवसरमा बोल्दै वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले नाडासँगको सहकार्य गर्दै आफूहरु अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नाडा र वाडाको सहकार्यमा पोखरामा ‘पोखरा अटो सो’ को आयोजना गर्ने निर्णय पनि भएको छ । पोखरामा अटो सो सम्पन्न गर्नका लागि नाडाकातर्फबाट नाडा कार्यसमिति सदस्य अनुप बराललाई संयोजक तथा संयोजन गर्ने जिम्मेवारी दिइएको छ । यस्तै, वाडाको तर्फबाट उपाध्यक्ष निरन केसीले संयोजन गर्नेछन् । आगामी चैत्र भित्रमा पोखरामा अटो सो गर्ने गरी छलफल भएको र छिट्टै मिति तय गरिने बताइएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit