Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

मिडियाको अन्तराष्ट्रिय संस्था जिएफएमडीको उपाध्यक्षमा पहिलोपटक नेपाली निर्वाचित

मिडियाको अन्तराष्ट्रिय संस्था जिएफएमडीको उपाध्यक्षमा पहिलोपटक नेपाली निर्वाचित
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट जिएफ़एमडी ले नेपालका प्रतिष्ठित मिडिया अधिकारकर्मी लक्ष्मणदत्त पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यससँगै विश्व मञ्चमा नेपालको मिडिया क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि स्थापित भएको छ। गत मंसिर ४ गते मलेसियाको क्वालालम्पुरमा ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म कन्फरेन्सका दौरान बसेको जिएफ़एमडी स्टीयरिङ कमिटीको पहिलो बैठकले पन्तलाई आगामी ४ वर्षका लागि उपाध्यक्षमा निर्वाचित गरेको हो।

उपाध्यक्षको रुपमा पन्त नव (निर्वाचित अध्यक्ष रावान दामेन, कोषाध्यक्ष क्यारोलिन व्युलेमिन तथा स्टीयरिङ कमिटीका अन्य सदस्यहरूसँग मिलेर मिडिया विकास, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र सूचना विश्वसनीयतामाथि बढ्दै गइरहेका जोखिमबीच विश्व मिडिया समुदाय सुदृढ गर्न काम गर्नेछन्।

उपाध्यक्षमा निर्वाचित भएसँगै पन्त विश्वकै सबैभन्दा ठूलो मिडिया विकास संस्थाहरूको सञ्जालको नेतृत्वमा प्रवेश गर्ने पहिलो नेपाली बनेका हुन्।

उपाध्यक्षमा निर्वाचित पश्चात् पन्तले स्टीयरिङ कमिटीको पहिलो औपचारिक बैठकको अध्यक्षता गरे। सो अवसरमा पन्तले ‘स्थानीयदेखि विश्वव्यापी सहभागितालाई प्रतिबिम्बित गर्ने सस्था र विज्ञसँग मिलेर चुनौतीपूर्ण अवस्थामा समेत मिडिया समुदाय सुदृढ बनाउन काम गर्ने’ प्रतिबद्धता व्यक्त गरे। नव–निर्वाचित अध्यक्ष दामेन अनलाइनमार्फत बैठकमा सहभागी भएकी थिइन् ।

वैश्विक स्तरमा परिचित नेपाली मिडिया अधिकारकर्मी र सञ्चारविद् पन्तसँग पत्रकारिता, प्रेस स्वतन्त्रता प्रवर्द्धन, अनुसन्धान, नीतिगत संलग्नता, र परियोजना व्यवस्थापनमा दुई दशकभन्दा बढीको अनुभव छ ।

उनले २०१५ मा स्वतन्त्र र उत्तरदायी पत्रकारिता प्रवर्द्धनका लागि मिडिया एक्सन नेपालको स्थापना गरेका हुन्। उनको नेतृत्वमा सो सस्था मीडिया फ्रीडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क, आकोस अलायन्स, जिएफ़एमडीलगायतका प्रमुख अन्तर्राष्ट्रिय सञ्जालहरूको सक्रिय सदस्य बनेको छ।

२०२२–२०२४ सम्म कन्सल्टेटिभ नेटवर्कको निर्वाचित सह–अध्यक्षको रुपमा पन्तले ५१ मुलुक, १५० भन्दा बढी नागरिक समाज संस्थाहरू तथा प्रेस स्वतन्त्रतामा संलग्न विश्वस्तरीय निकायहरूबीच साझेदारी मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit