Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम विस्तार

कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम विस्तार
विज्ञापन
Advertisement

सिन्धुली । प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले सिन्धुलीमा शोरुम विस्तार गरेको छ । कम्पनीले सिन्धुलीको आदर्शनगर (पुरानो बुधबार हाट) मा अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले सिन्धुली जिल्लामा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले नयाँ शोरुमको उद्घाटन गरे । सो अवसरमा डिलर करिराम शाहले कजारियासँग साझेदारी गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले भने, ‘ गुणस्तर र नवप्रवर्तनको पर्याय बनेको यो ब्रान्डका प्रिमियम टाइल तथा विश्वस्तरीय डिजाइनहरू अब सिन्धुलीका ग्राहकहरूले आफ्नै समुदायमै सहज रूपमा पाउनेछन्।’

यस्तै, कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले ग्राहक सन्तुष्टि र बजार विस्तारप्रति ब्रान्डको प्रतिबद्धता व्यक्त गर्दै कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने बताए । उनले भने, ‘ नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ।’

नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउँछ ।

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दै आइरहेको छ ।

कम्पनीले नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूका साथै १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टाइल्सलाई देशका विभिन्न स्थानहरुमा उपलब्ध गराउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit