Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पुर्ननिर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सको डेड करोड रुपैयाँ आर्थिक सहयोग

पुर्ननिर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सको डेड करोड रुपैयाँ आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जेनजी आन्दोलनपछि बनेको सरकारले पुर्ननिर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा सोमबार नेपाल लाइफले डेड करोड रुपैयाँ योगदान गरेको हो ।

अर्थ मन्त्रालयमा कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा १ करोड ५० लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे ।

नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कोषमा उक्त रकम योगदान गरेको जनाएको छ । कम्पनीको उक्त सहयोगप्रति अर्थमन्त्री प्रसाद खनालले उपस्थित अधिकारीहरुलाई धन्यवाद दिएको अर्थ मन्त्रालयको सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेय जानकारी दिए ।

नेपाल लाइफले प्रदान गरेको रकमसँगै कोषमा सोमबारसम्म ११ करोड ८२ लाख रुपैयाँ जम्मा भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit