Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनसरीमा धान उत्पादन पाँच हजार मेट्रिकटनले घट्यो

सुनसरीमा धान उत्पादन पाँच हजार मेट्रिकटनले घट्यो
विज्ञापन
Advertisement

धरान (सुनसरी) । बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष पाँच हजार ३९२ मेट्रिकटन धान उत्पादनमा कमी आएको हो ।

विज्ञापन
Advertisement
Advertisement

गत वर्ष जिल्लामा दुई लाख १७ हजार ६८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष दुई लाख ११ हजार ६७६ मेट्रिकटन उत्पादन भएको उनले जानकारी दिए । जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। गत कात्तिक १३ र १४ गते परेको अविरल बेमौसमी वर्षाले करिब १४ हजार हेक्टर क्षेत्रफल धानबालीमा क्षति पुगेपछि उत्पादनमा गिरावट आएको उनको भनाइ छ ।

सूचना अधिकारी श्रेष्ठले भने ‘सुरुमा पानी नपरेर रोपाइँ ढिला भए पनि त्यसपछि अनुकूल मौसमका कारण उत्पादन वृद्धि हुने अपेक्षा थियो । यो वर्ष रोगकिराको सङ्क्रमण न्यून देखिएको थियो, तर कात्तिकको बेमौसमी वर्षाले धान बाट्ने समयमा क्षति पु¥याउँदा उत्पादन घट्यो ।’

उनका अनुसार यहाँका अधिकांश किसानले राधा, बारतरहरा, सावित्री, सुनौलो सुगन्ध, लोकतन्त्र, कालो पोके, लोकनाथ, राम र बास्मती जातका धानखेती गर्दछन्। सुनसरीको बराहक्षेत्र, रामधुनी, कोशी, इनरुवा, देवानगञ्ज, बर्जु र दुहबी क्षेत्रहरू प्रमुख धान उत्पादन क्षेत्रका रूपमा रहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit