Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्बको कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्बको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.४८ अंकले घटेर २ हजार ६०९ विन्दुमा आइपुगेको हो । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि अघिल्लो साताको तुलनामा केही घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन १ करोड भन्दाबढी कित्ता शेयर किनबेचहुँदा ५अर्ब ३३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुनेकम्पनीमा सागर डिस्टिलरी,न्यादी ग्रुप पावर, बन्दिपुर केबलकार एण्ड टुरिजम, युनाइटेड मोदी हाइड्रो, हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४० लाख रुपैयाँदेखि ४३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

यो दिन स्वस्तिक लघुवित्त वित्तीउ संस्था, श्रीनगर एग्रिटिच इण्डष्ट्रिज, झापा इनर्जी मेन्छियम् हाइड्रो पावर कम्पनीको ५.३७ प्रतिशतदेखि १० प्रतिशतकोसम्मको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै दोहोरो अंकले घटेको बजारमा बुगोल इनर्जी, माबिलिङ इनर्जी, सागर डिस्टलरीको शेयर मूल्य ६.९० प्रतिशतदेखि ८.५१ प्रतिशतसम्मले घटेको छ ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये सबै सूचक घटेको छन् । बैंकिङ समूह, विकास बैंक समूह,फाइनान्स समूह, होटल तथा पर्यटन समूह, हाइड्रो पावर समूह, लगानीगत समूहकोसूचकमा भारी गिरावट आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit