Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

भन्सार ऐनका विवादास्पद प्रावधान संशोधनको आश्वासनपछि भन्सार एजेन्टहरूको ‘पेन डाउन’ फिर्ता

भन्सार ऐनका विवादास्पद प्रावधान संशोधनको आश्वासनपछि भन्सार एजेन्टहरूको ‘पेन डाउन’ फिर्ता
विज्ञापन
Advertisement

काठमाडाैं । भन्सार ऐन २०८२ का केही प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हक–हित, कार्यसहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पारेको भन्दै सुरु गरिएको भन्सार एजेन्टहरूको ‘पेन डाउन’ विरोध कार्यक्रम फिर्ता लिइएको छ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार एजेन्ट महासंघ नेपालले मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा पेन डाउनसहितका विरोध कार्यक्रम घोषणा गरेको थियो। विरोधका क्रममा महासंघ र भन्सार विभागबीच छलफल भएको र ती छलफल सकारात्मक रूपमा अगाडि बढेका कारण महासंघका मुख्य मागहरू सम्बोधन हुने आश्वासन पाएपछि कार्यक्रम फिर्ता लिइएको महासंघले जनाएको छ।

महासंघले विरोध कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र ऐक्यबद्धता जनाउने सम्पूर्ण उद्योग–व्यवसायिक संघ–संस्था, महासंघमा आवद्ध भन्सार एजेन्ट संघहरू तथा भन्सार एजेन्टहरू प्रति आभार व्यक्त गरेको छ।

महासंघका अनुसार अब भन्सार विभागसँग सहकार्य गर्दै भन्सार प्रणालीलाई सहज, पारदर्शी र व्यापारमैत्री बनाउनका लागि निरन्तर पहल जारी राखिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit