काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । स्वीकृत बीमांकीय मूल्यांकन अनुसार कम्पनीले सावधिक जीवन बीमायोजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ।
साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ को लागि बिमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा कम्पनीले तोकेको उल्लिखित नयाँ बोनसदर यही मंसिर २५ गते स्वीकृत भएको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्