Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आर्थिक सहकार्यका लागि महासङ्घ र भियतनामको लगानी प्रवर्द्धन विभागबीच छलफल, पर्यटन र जलविद्युतमा लगानीकर्ताको चासो

आर्थिक सहकार्यका लागि महासङ्घ र भियतनामको लगानी प्रवर्द्धन विभागबीच छलफल, पर्यटन र जलविद्युतमा लगानीकर्ताको चासो
विज्ञापन
Advertisement

हनोइ (भियतनाम) । नेपाल उद्योग वाणिज्य महासङ्घ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्य विभागबीच आज द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै लगानीका सम्भाव्य क्षेत्रमा भियतनामका लगानीकर्ताका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो । अध्यक्ष ढकालले आफूहरू भियतनामी लगानीकर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताए । उनले भने, ‘नेपालमा लगानीका कैयौँ क्षेत्र छन्, ती क्षेत्रमा ठूलो सम्भावना पनि छ, म भियतनामी लगानीकर्तालाई नेपालमा आउन आग्रह गर्दछु, यसका लागि महासङ्घले सरकारसँगको समन्वय तथा सहकार्यका लागि आवश्यक सहजीकरण गर्नेछ ।’

अध्यक्ष ढकालले नेपालमा विशेषगरी चिया, कफी, हस्तकला, पर्यटन सेवा, केबलकार, जलविद्युत् र सूचना प्रविधि तथा व्यापारमा ठूलो अवसर रहेको उल्लेख गरे । उनले नेपालमा डाटा सेन्टरको क्षेत्रमा पनि अवसर भएकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेका छन् । नेपालले हाल भियतनामबाट धेरै आयात गर्ने र कम निर्यात गरिरहेको उल्लेख गर्दै ढकालले दुई देशबीचको व्यापार तथा औद्योगिक सहकार्यलाई अझ बलियो बनाउन दुवै पक्षको गहिरो चासो रहेको पनि बताए । सोही अवसरमा अध्यक्ष ढकालले महासङ्घको आगामी चैतमा हुने अधिवेशनमा सहभागिताका लागि विभागका प्रतिनिधि तथा भियतनाका लगानीकर्तालाई निम्तो पनि दिएका थिए ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकालले निर्यातजन्य उद्योगमा लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको बताए । उनले दुवै देशबीच लगानी र व्यापारका क्षेत्र ठूलो सम्भावना भए पनि त्यसको उपयोग नभएको उल्लेख गर्दै भियतनामी लगानीकर्ताका नेपाल आउन आग्रह गरेका हुन् । ‘अमेरिकाजस्तो ठूलो उपभोक्ता बजारमा नेपालबाट सामान निर्यात गर्दा सहज छ, त्यसैले हामी भियतनामी लगानीकर्तालाई त्यसको उपयोग गर्नका लागि आग्रह गर्दछौँँ’, ढकालले भने ।

महासङ्घका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र भियतनामले अटोमोबाइल, पर्यटनका क्षेत्रमा सहकार्य गरी लाभ लिन सक्नेमा जोड दिइन् । उनले पछिल्लो समय नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको उल्लेख गर्दै भियतनामी लगानीकर्ताले नेपालमा विद्युतीय सवारीको एसेम्बल उद्योग खोल्न सक्नेतर्फ जोड दिएकी हुन् । ‘नेपाल भगवान् गौतम बुद्धको जन्मथलो हो, भियताममा बौद्ध धर्म मान्नेहरू ठूलो सङ्ख्यामा भएको पाएँ, यस क्षेत्रमा पनि सहकार्य गर्न सकिन्छ, त्यसबाहेक केन्टिभिटी बढाउनका लागि दुई देशबीच प्रत्यक्ष हवाई उडान आवश्यक छ’, श्रेष्ठले भनिन् ।

महासङ्घका कोषाध्यक्ष भरतराज आचार्यले दुई देशबीच लगानी र व्यापारका साथै आर्थिक गतिविधि बढाउनका लागि कनेक्टिभिटी महत्वपूर्ण भएको उल्लेख गरे । उनले नेपालमा ऊर्जा क्षेत्रमा लगानीको ठूलो सम्भावना भएकाले त्यसतर्फ पनि ध्यान दिन एजेन्सीमार्फत भियतनामी लगानीकर्ताका लागि आग्रह गर्दैै भने, ‘नेपालमा तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ, छिमेकी मुलुक भारत र बङ्गलादेशसम्म विद्युत् निर्यात सुरु भइसकेको छ।’ छिमेकी देशहरुमा विद्युत्को माग बढ्दो रहेकामा नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाएर भियतनामी लगानीकर्ताले लाभ लिन सक्ने उनको भनाइ थियो ।

महासङ्घअन्तर्गतको स्टार्टअप एन्ड इनोभेसन फोरभका सभापति जुना माथेमाले नवप्रवर्तनको क्षेत्रमा दुवै देशबीच सहकार्य गर्न सकिनेमा जोड दिइन् । ‘नवप्रवर्तनको क्षेत्रमा हामीले सहकार्य गर्न सक्छौँ, सीप, पुँजी र प्रविधिमा सहकार्य गर्न सकियो भने दुवै देशले लाभ लिनसक्छन् ।’

यस्तै, भियतनामको लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामले भियतनामको आर्थिक अवस्था, प्रत्यक्ष विदेशी लगानी र लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी दिँदै आफूहरू नेपालसँग आर्थिक कूटनीतिमार्फत सम्बन्ध बढाउन इच्छुक रहेको बताए । सन् २०२५ को अगष्टमा भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण भएको तथा चीनमा भियतनामका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच भेट भएको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध अझ बलियो बनाउनुपर्नेमा उनको जोड थियो ।

‘नेपालले विभिन्न क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउनका लागि गरिरहेको प्रयास सराहनीय छ, हामीले निर्यातजन्य उद्योग, पर्यटन र जलविद्युत्को क्षेत्रमा काम गर्न सक्छौँ’, उनले भने, ‘यसका लागि नेपालमा लगानी गर्न चाहने भियतनामी लगानीकर्ताको सहजीकरणका लागि हामी तयार छौँ ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit