Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

५ सय क्षमता, २०० पार्किङ सुविधा: ‘लीला गार्डेन’ ब्याङ्क्वेटले राजधानीमा थप्यो नयाँ विकल्प

५ सय क्षमता, २०० पार्किङ सुविधा: ‘लीला गार्डेन’ ब्याङ्क्वेटले राजधानीमा थप्यो नयाँ विकल्प
विज्ञापन
Advertisement

काठमाडौं। राजधानीमा युरोपियनको अनुभव दिने ‘लीला गार्डेन ब्याङ्क्वेट’ संचालनमा आएको छ। कालोपुल नजिकै, भत्किएको पुल हुँदै धोबीखोला कोरिडोरमा बनेको यो नयाँ ब्याङ्क्वेट मंसिरको मध्यतिर औपचारिक रूपमा खुला गरिएको हो। करिब ८ रोपनी क्षेत्रफलमा फैलिएको ‘लीला गार्डेन’ ले राजधानीमा प्रीमियम–इभेन्ट भेन्युको नयाँ विकल्प थपेको छ।

विज्ञापन
Advertisement
Advertisement

ब्याङ्क्वेटका म्यानेजर आदर्श अर्यालका अनुसार सुरु भएको दुई दिनमै ग्राहकहरूको उच्च चासो, इन्क्वायरी र बुकिङले व्यवस्थापन उत्साहित बनेको छ। ‘डिजाइन, एम्बियन्स र स्पेस हेर्ने बित्तिकै ग्राहक प्रभावित हुन्छन्,’ अर्याल भन्छन्।

युरोपियन थिमको डिजाइन

‘लीला गार्डेन’ भित्र विशाल कम्पाउन्ड, आकर्षक ल्यान्डस्केप्ड गार्डेन, आधुनिक इन्डोर हल, पुरै कभर गरिएको स्टेज सेटअप, अत्याधुनिक लाइटिङ तथा साउन्ड सिस्टम, तथा इभेन्ट–फोटोग्राफरका लागि विशेष फोटो–जोन व्यवस्था छ। यहाँ २०० भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने सुविधा मुख्य आकर्षणमध्ये एक मानिन्छ।

अर्याल भन्छन्, ‘हाम्रो ब्याङ्क्वेटको कन्सेप्ट र डिजाइन युरोपियन थिमका आधारमा बनेको छ। लोकेसन, इन्टेरियर सेटिङ, आधुनिक सुविधाहरू र गुणस्तरीय क्याटरिङका कारण हाम्रो सेवा कुनै पनि पाँचतारे होटलभन्दा कम छैन।’

विविध प्रकारका इभेन्टका लागि बहुउद्देश्यीय हल

नेपाली समाजमा ब्याङ्क्वेट प्रायः विवाह वा व्रतबन्धका कार्यक्रमसँग जोडिन्छ। तर ‘लीला गार्डेन’ ले यस अवधारणालाई फराकिलो बनाउँदै विवाह एवं व्रतबन्ध,गोष्ठी र सेमिनार,कर्पोरेट मिटिङ,फेसन शो,जन्मोत्सव तथा वार्षिक उत्सव,तालिम तथा कन्फ्रेन्स यसला थप विभिन्न कार्यक्रम गर्न मिल्ने बनाइएको छ ।

१५ सयभन्दा बढी क्षमता, दुई प्रकारका मेनु विकल्प

ब्याङ्क्वेटले १५०० भन्दा बढी अतिथि सहज रूपमा अटाउने क्षमता राख्छ। ग्राहकको बजेटअनुसार सिल्भर र प्रीमियम गरी दुई प्रकारका क्याटरिङ मेनु उपलब्ध छन्। ‘आफ्नो आवश्यकता र बजेटअनुसार मेनु छनोट गर्न सकिने सुविधा हामीले दिएको छ, अर्याल बताउँछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit