Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

नेपालमा निकै रुचाइएको विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख युनिट पुग्यो

नेपालमा निकै रुचाइएको विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख युनिट पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं। चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को बिक्री १० लाख युनिट पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो विश्व बजारमा १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक ईभी बनेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ । ‘विवाईडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको छ, सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइमा डल्फिन बनेकामा हामीलाई निकै खुसी लागेको छ, हामी ईभी इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा र नेपाललाई स्वच्छ गतिशीलतामा रूपान्तरण गर्ने यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छौं’, कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विवाईडीले २०२६ का लागि नयाँ संस्करणको डल्फिन परीक्षण समेत सुरु गरिसकेको छ । जुन हाल चीनमा परीक्षणको चरणमा छ । ०२६ मा प्रारम्भिक रिपोर्टहरूका अनुसार डिजाइन र ड्राइभिङमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ । विश्वव्यापी रुपमा मात्रै विवाईडी डल्फिनको बिक्री नेपालमा पनि उल्लेख्य मात्रामा भइरहेको कम्पनीले जनाएको छ। साइमेक्स इंक प्रालिले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो । जुन नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमा पहिलो स्थानमा रहेको छ । हाल नेपालका सडकमा २५०० भन्दा बढी डल्फिन गुडिरहेका छन् ।

नेपालमा ह्याचब्याक सेग्मेन्टको बिक्री घट्दो अवस्थामा हुँदाहुँदै पनि, डल्फिनलाई उपभोक्ताहरूले रुचाएका छन् । उत्कृष्ट सेफ्टी, इन्टेलिजेन्ट फिचरहरूका कारण यो गाडी धेरैको रोजाइमा परेको कम्पनीको बुझाइ छ । विवाईडीको ई–प्लेटर्म ३.० मा आधारित यो गाडीमा ७८.२ प्रतिशत उच्च–शक्ति हाइ स्ट्रेन्थ स्टिल प्रयोग गरिएको छ। यसले नेपाली सडकहरूको विविध परिस्थितिमा समेत यात्रु सुरक्षामा विशेष ध्यान दिने कम्पनीको भनाइ छ ।

डल्फिनमा १२.८ इञ्चको घुमाउन मिल्ने टचस्क्रिन, मोबाइल कनेक्टिभिटी र २७०० मिमी ह्विलबेससहित प्रशस्त क्याबिन स्पेसको सुविधा छ। यसका अतिरिक्त, विवाईडी डल्फिनमा लेभल २ एड्भान्स ड्राइभर एसिस्टेन्ट सिस्टम (एडिएएस) को सुविधा पनि छ । जसमा क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र लेन डिपार्चर असिस्टेन्स लगायतका विशेषता समावेश छन् ।

नेपालमा सवारी साधनमध्ये ह्याचब्याक सेग्मेन्टमा विवाईडी डल्फिनले पुनः एकपटक बजार बढाएको उल्लेख गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit