Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

सर्वोत्कृष्ट १६ करदाता र संस्थालाई नेपाल उद्योग परिसंघले गर्यो सम्मान

सर्वोत्कृष्ट १६ करदाता र संस्थालाई नेपाल उद्योग परिसंघले गर्यो सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई परिसंघले पनि आज सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई सम्मान गरेको थियो । सोही करदाताहरुलाई निजी क्षेत्रको तर्फबाट परिसंघले मंगलबार सम्मान गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बस्तु निर्यातको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रा.लि., विशेष उद्योगहरु मध्ये सबै भन्दा बढी आयकर तिर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसाय मध्येबाट सबै भन्दा बढी आयकर बुझाउने सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी कर तिर्ने भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि लाई परिसंघले सम्मान गरेको छ। साथै, उर्जामुलक उद्योग मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने भोटेकोशी पावर कम्पनी प्रा.लि, कृषि एवम् पशुपंक्षीजन्य उद्योगहरु मध्येबाट पोषक ब्रिडर फार्म प्रा.लि, सुचना प्रविधि सम्बन्धि सेवा निर्यातको कारोबार गर्ने मध्येबाट भेरिस्क नेपाल प्रा.लि, एकलौटी फर्महरु मध्येबाट थर्ड आई इन्टरनेशनल, बैंक वित्तीय संस्था र बिमाको कारोबार गर्ने मध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थाहरु मध्येबाट नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल पनि सम्मानित भएका छन् ।

यसैगरी रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने मध्येबाट आईएमई लिमिटेड, निकायहरु मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसंचार प्राधिकरण, वार्षिक कारोबार १०० करोड रुपैयाँसम्म गर्ने कारदाताहरु मध्येबाट सि.डि.एस.एण्ड क्लियरिङ लि, वार्षिक कारोबार रकम ५० करोड सम्म कारोबार गर्ने करदाताहरु मध्येबाट भि.एफ. सर्भिसेज (मोरिसस) प्रा.लि, वि.स.२०७६ श्रावण देखि २०८२ असार मसान्त सम्मको कर अवधिमा मुल्य अभिवृद्धि कर विवरण र सो अवधिको कर समयमै दाखिला गर्नेमा नेपाल दूरसंचार कम्पनी लिमिटेड र व्यक्तिगत करदाता मध्येबाट जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहलाई परिसंघले सम्मान गरेको जानाएको छ । शाह परिसंघका उपाध्यक्ष समेत हन् ।

मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरे । सो अवसरमा पाण्डेले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रति महत्वपूर्ण योगदान भएको बताए । उच्च करदाताको रुपमा राज्यलाई गरेको योगदानको कदर गर्दै परिसंघले पनि सम्मान गरेको उनले प्रस्ट पारे ।

उच्च करदाता सम्मान कार्यक्रममा परिसंघका उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, अमित मोर, गभर्निङ्ग काउन्सिल सदस्य विजय शाह, राजश्व समिति सभापति गोपाल कुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागि थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit