Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पाँच महिनामा नेपालीले प्रयोग गरे १९.१३ अर्बको स्मार्टफोन

पाँच महिनामा नेपालीले प्रयोग गरे १९.१३ अर्बको स्मार्टफोन
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्लो पाँच महिनामा १९ अर्ब रुपैयाँ भन्दा धेरै मूल्यको स्मार्ट फोन नेपाल भित्रिएको छ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म नेपालमा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० लाख ७० हजार थानभन्दा बढी स्मार्टफोन आयात भएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष नेपालमा स्मार्टफोन आयात झन् बढेको पाइएको छ । गत आवको समीक्षा अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो ।

पछिल्लो समय विशेष गरी ठूलो स्क्रिन भएका, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । यस्तै, अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै नेपालमा उच्च क्षमताका फोनको माग झन् तीव्र बन्दै गएको विभागको तथ्यांकले देखाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit