Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

वैदेशिक रोजगारमा जाने कामदारका लागि वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

वैदेशिक रोजगारमा जाने कामदारका लागि वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज
विज्ञापन
Advertisement

काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण वापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ। सो खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी नौ हजार पाँच सय पु¥याएको थियो। त्यस अघि छ हजार पाँच सय मात्र शुल्क थियो। सो निर्णय विरुद्ध व्यवसायीहरुले विरोध जनाएका थिए । श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीले सो शुल्क खारेज गरिएको बताए ।

मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक भएको जनाउँदै शुल्क वृद्धि गरेकोमा सो आवश्यक नरहेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताए । उनले भने, ‘सरकारले अनावश्यक श्रमिकको खर्च बढाउने काम गरेको थियो । अहिले सो शुल्क खारेज गरी श्रमिकको हितमा निर्णय गर्नु प्रशंसनीय छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit