Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

३.२७ अंकले नेप्से बढ्दा कारोबार रकममा सामान्य गिरावट

३.२७ अंकले नेप्से बढ्दा कारोबार रकममा सामान्य गिरावट
विज्ञापन
Advertisement

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १३.८८ अंकले घटेको बजार आज ३.२७ अंकले बढ्दै २५ सय ८४.४९ अंकमा उक्लीएर बन्द भएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढ्दा फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ।

आज कारोबारमा आएका मध्ये १३४ कम्पनीको स्टकको शेयर मूल्य बढेको छ भने ११७ कम्पीको शेयर मूल्यमा गिरावट देखियो । त्यसैगरी ८ कम्पनीको शेयर मूल्य स्थीर रह्यो । नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ। आज ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारमा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ५१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

आज एसवाई प्यानल नेपालको शेयरमूल्य सबैभन्दा बढी ७.०१ प्रतिशतले बढेको छ। त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढ्दा सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा करिब ६ प्रतिशतको वृद्धि देखिएको छ। आज सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने सर्वाधिक ५.९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३० करोड ९८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सागर डिष्टिलरीको साढे ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। मंगलबार अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ । बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ । यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit