Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

विवादका कारण तीन वर्षदेखि पुल निर्माणमा ढिलाई, बजेट फ्रिज हुने जोखिम

विवादका कारण तीन वर्षदेखि पुल निर्माणमा ढिलाई, बजेट फ्रिज हुने जोखिम
विज्ञापन
Advertisement

जुम्ला । नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ । नाग्म–गमगढी सडकखण्डको ९३ किलोमिटर क्षेत्रमा तीन पक्की पुल निर्माण गर्न अझै बाँकी छ ।

विज्ञापन
Advertisement
Advertisement

जग्गा विवादका कारण तीन पुल निर्माण गर्न ढिला भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधारीले जानकारी दिए । पुल निर्माण हुने स्थानमा स्थानीयवासीको जग्गा परेको छ । सरकारले जग्गाको मुआब्जा दिने गरेको छैन । ‘बारम्बार जग्गाधनीसँग छलफल गर्दा निश्कर्षमा पुग्न सकिएको छैन। मुआब्जा दिनसके समस्या समाधान हुन्छ’, चौधरीले भने ।

हिमा गाउँपालिका जोड्ने पुल पनि जग्गा विवादका कारण निर्माण कार्य रोकिएको छ । कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाको पुल घरटहराका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन। मुगुको लुम्स पुल निर्माण घर तथा जग्गाका कारण रोकिएको प्रमुख चौधरीले बताए ।

स्थानीय सरकारलाई सहजीकरणका लागि आग्रह गरिएको उनको भनाइ छ । विवादका कारण तीन वर्षदेखि पुल निर्माणमा ढिलाइ भएको छ। चालु आर्थिक वर्ष २०८२÷८३ मा पुल निर्माण गर्न ४० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख चौधरीले जानकारी दिए। रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit