Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

थापाथलीमा मेलम्चीको पाइप फुट्दा सडक भासियो, पसलहरू जलमग्न

थापाथलीमा मेलम्चीको पाइप फुट्दा सडक भासियो, पसलहरू जलमग्न
विज्ञापन
Advertisement

काठमाडौं ।काठमाडौंको थापाथली क्षेत्रमा आज बिहान मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा सडक भत्किएको छ। थापाथली चोकबाट नर्भिक अस्पताल जाने मोडमा पाइप फुटेको हो।

विज्ञापन
Advertisement
Advertisement

बिहान करिब ५ बजे फुटेको पाइपबाट उच्च दबाबमा पानी निस्कँदा सडक र सडकपेटी भासिएको छ। वरपरका पसलहरूमा पानी पसेर क्षति पुगेको छ। केही रेष्टुरेन्ट र औषधि पसल जलमग्न भएका छन् भने घरका भुइँतला पनि डुबानमा परेका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीले गेटभल्भ बन्द गरेपछि थप क्षति हुनबाट जोगिएको छ। तर पाइप फुट्नुको कारण खुल्न सकेको छैन।

यसअघि माघ ३० गते बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुट्दा सरकारी कार्यालयहरू डुबानमा परेका थिए। थापाथलीमा आज भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

  यस्ताे छ अबस्था ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit