Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ड्रिम स्किन नेपालले दरबारमार्गमा नयाँ आउटलेटको भव्य उद्घाटन

ड्रिम स्किन नेपालले दरबारमार्गमा नयाँ आउटलेटको भव्य उद्घाटन
विज्ञापन
Advertisement

काठमाडौं । कोरियाली छाला स्याहारको विश्वसनीय ब्रान्ड ड्रिम स्किन नेपाल ले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ बिक्री केन्द्रको भव्य उद्घाटन गरेको छ। यसै अवसरमा फिनाजा एसेसरिज र द फ्रेग्रेन्स रुम को पनि औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार राजधानीमा सम्पन्न उद्घाटन समारोहमा नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताए–योङ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा विभिन्न उद्योग क्षेत्रका प्रतिष्ठित व्यवसायी, विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व, सञ्चारकर्मी तथा ड्रिम स्किन नेपालका ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै महामहिम राजदूत पार्क ताए–योङले नेपालमा कोरियाली उत्पादनहरूको बढ्दो लोकप्रियताप्रति खुशी व्यक्त गरे। उनले आगामी दिनमा नेपाल र कोरियाबीचको व्यापारिक सहकार्य अझ मजबुत र विस्तार हुने विश्वास पनि व्यक्त गरे ।

ड्रिम स्किन नेपालका निर्देशक दिलीप कुमार यादव ले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै ड्रिम स्किन नेपालले शतप्रतिशत प्रामाणिक कोरियाली छाला स्याहार, कपाल स्याहार तथा सौन्दर्य सामग्रीहरू आयात गरी नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको जानकारी दिए ।

उनले भने,‘आज ड्रिम स्किन नेपालको नयाँ बिक्री केन्द्रसँगै हामीले फिनाजा एसेसरिज र द फ्रेग्रेन्स रुमको पनि शुभारम्भ गरेका छौँ। यहाँ ग्राहकहरूले आकर्षक गहना तथा उच्च गुणस्तरका सुगन्धित इत्रहरू प्राप्त गर्न सक्नुहुनेछ। आगामी दिनमा हामी हाम्रा ब्रान्ड र उत्पादनहरूको दायरा अझ फराकिलो बनाउँदै लैजाने योजनामा छौँ।’

छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल ड्रिम स्किन नेपालले गुणस्तरीय कोरियाली उत्पादनमार्फत नेपाली उपभोक्ताको छाला स्याहार अनुभवलाई नयाँ उचाइमा पुर्‍याउँदै आएको छ। साथै, फिनाजा एसेसरिज र द फ्रेग्रेन्स रुमको सुरुवातसँगै कम्पनीले गहना तथा सुगन्धित इत्रको क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गर्दै गएको स्पष्ट संकेत देखिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit