Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

आईटी क्षेत्रलाई पखेटा फैलाउन गभर्नर पौडेलको आह्वान

आईटी क्षेत्रलाई पखेटा फैलाउन गभर्नर पौडेलको आह्वान
विज्ञापन
Advertisement

काठमाडाैं। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पछिल्ला वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रले उल्लेखनीय प्रगति गरेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

अर्थ मन्त्रालयले कम्पनी दर्ता प्रक्रिया सहज बनाउने, विदेशी विनिमय व्यवस्थापन ऐनमा सीमा संशोधन गर्ने तथा कर दरलाई विश्वसनीय बनाउनेजस्ता सुधारका कारण आईटी क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य रूपमा बढेको उनको भनाइ छ।

गभर्नर पौडेलका अनुसार दुई वर्षअघि वैदेशिक लगानीमा करिब ४० वटा आईटी कम्पनी खुलेकोमा एक वर्षअघि मात्रै करिब ४०० कम्पनी दर्ता भएका थिए। यसलाई नीतिगत सुधारको आंशिक परिणामका रूपमा उनले उल्लेख गरे।

राष्ट्र बैंकले यी सुधारलाई अझै अगाडि बढाउँदै नेपाली निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा एक मिलियन अमेरिकी डलरसम्म लगानी गर्न अनुमति दिएको उनले बताए। साथै, हालसम्म निर्यात नगरेका कम्पनीहरूलाई समेत २० हजार अमेरिकी डलरसम्म वैदेशिक लगानी गर्न दिइएको जानकारी दिए। ‘नतिजा हेरेर यी सीमाहरू क्रमशः संशोधन गर्दै जानेछौँ भन्नेमा सबैलाई विश्वास दिलाउन चाहन्छु,’ गभर्नर पौडेलले भने।

वैदेशिक लगानीकर्ताहरूले अत्यधिक पेपरवर्कको गुनासो गर्दै आएको सन्दर्भमा नाफा विदेश लैजान राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको पनि उनले स्पष्ट पारे।

उनका अनुसार हेर्दा साधारण लागे पनि सन् २०२१ मै वैदेशिक लगानीमा प्रतिबन्ध लागेको देशका लागि यी पहलहरू दीर्घकालीन र दूरगामी प्रभाव पार्ने खालका छन्।

गभर्नर पौडेलले युवाहरूलाई ढुक्क भएर नयाँ प्रोडक्ट विकास गर्न र विश्व बजारमा आँखा लगाउन आग्रह गरे। ‘पखेटा फैलाउनुस्, मेहनत गर्नुस्। नेपालबाटै जित्न सकिने संसार ठूलो छ,’ उनले भने। आईटी क्षेत्रको विस्तार र अन्तर्राष्ट्रिय पहुँचमा बैंकिङ क्षेत्रले सदैव साथ दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit