Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्यमा भारी गिरावट, एकैदिन करिब ८ हजारले घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकैदिन करिब ८ हजारले घट्यो
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको कारोबार मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । उच्च मूल्यले बढीरहेको सुनको मूल्यमा मंगलबार प्रतितोला ७ हजार ९ सय रुपैयाँले घट्न पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो। सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

आइतबार भने सुन अहिसम्मकै उच्च मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य आज प्रतितोला ३ सय ५ रुपैयाँले घटेको हो।

सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit