Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

५७औं वर्षमा हुन्डाई मोटर : नेपालमै सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापनादेखि, दुई सय देशहरुमा आफ्नो सेवा विस्तारसम्म

५७औं वर्षमा हुन्डाई मोटर : नेपालमै सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापनादेखि, दुई सय देशहरुमा आफ्नो सेवा विस्तारसम्म
विज्ञापन
Advertisement

 काठमाडाैं। विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड हुन्डाई मोटर कम्पनीले स्थापना भएको ५७ वर्ष पूरा गरेको छ। नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत मोबिलिटीको भविष्य निर्माण गर्दै आएको हुन्डाईले विशेष कार्यक्रमका साथ आफ्नो ५७औं वार्षिकोत्सव मनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

सन् १९६७ मा स्थापना भएको हुन्डाई मोटर कम्पनीले हाल विश्वका २०० भन्दा बढी देशहरूमा आफ्ना उत्पादन र सेवाहरू विस्तार गरिसकेको छ। ‘प्रोग्रेस फर ह्युम्यानिटी’ (मानवताका लागि प्रगति) भन्ने विश्वव्यापी दृष्टिकोणलाई आत्मसात् गर्दै कम्पनीले सुरक्षित, स्मार्ट तथा दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको छ।

नेपालमा हुन्डाईका सवारीसाधनहरूको आधिकारिक वितरकका रूपमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सन् २००९ फेब्रुअरीदेखि कार्य गर्दै आएको छ।

विगत १५ वर्षदेखि कम्पनीले नेपालमा हुन्डाईका सवारीसाधनको आयात, बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार हाल नेपालभर हुन्डाईका ४५ हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन्।

ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई परिवार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। यस कार्यक्रममार्फत हुन्डाईका ग्राहकहरूले विभिन्न अग्रणी ब्रान्डहरूसँगको सहकार्यमा विशेष लाभ, प्रिमियम अनुभव तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्दै आएका छन्।

नेपालको अटोमोबाइल उद्योगमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हुन्डाईले मे २०२४ मा नेपालमै सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरेको थियो। उक्त प्लान्टले स्थानीय उत्पादन प्रवर्द्धन गर्नुका साथै रोजगारी सिर्जना र देशको समग्र आर्थिक इकोसिस्टममा सकारात्मक योगदान पुर्‍याइरहेको कम्पनीले जनाएको छ।

५७औं वार्षिकोत्सवको अवसरमा लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना दक्ष प्राविधिक टोली, अत्याधुनिक सेवा सुविधा तथा फराकिलो बिक्री सञ्जालमार्फत आगामी दिनमा अझ परिष्कृत र आधुनिक मोबिलिटी अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले भविष्यमा पनि भरपर्दो, प्रविधिमैत्री तथा वातावरणमैत्री सवारीसाधनहरू नेपाली बजारमा भित्र्याउँदै ग्राहकहरूको विश्वास जित्ने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit