Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

सिजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ आजदेखि, सार्वजनिक भए दुई नयाँ ईभी

सिजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ आजदेखि, सार्वजनिक भए दुई नयाँ ईभी
विज्ञापन
Advertisement

काठमाडौं। सिजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा बहु–ब्रान्ड विद्युतीय सवारी प्रदर्शनी ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । आजदेखि सुरु भएको यो कार्निभल आगामी जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । मेलाको औपचारिक उद्घाटन लोकप्रिय गायक, संगीतकार तथा एक्सपाङ जी६का ब्रान्ड एन्डोसर्स कालीप्रसाद बास्कोटाले गरे ।

विज्ञापन
Advertisement
Advertisement

उद्घाटन कार्यक्रममा सिजी मोटर्सका डेपुटी सीईओ बिमल शाह लगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो । यो अवसरमा कार्निभलको मुख्य आकर्षणका रूपमा सिजी मोटर्सले दुईवटा नयाँ विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ । रिडारा इकोन ४×४ र अपग्रेड गरिएको किङ लङ १६–सिटर अनावरण गरिएको हो ।

उक्त कार्निभलमा विद्युतीय चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनहरू राखिएको छ। कार्यक्रममा रिडारा, दायुन, जीएसी आयन, एक्सपेङ तथा किङलङका १४ सिटर र १६ सिटर ब्लेड ब्याट्री मोडलहरू प्रदर्शनमा राखिएका छन् भने दुई पाङ्ग्रे अन्तर्गत हिरो ब्रान्डका मोटरसाइकलहरू पनि प्रदर्शनीमा समावेश गरिएको छ।

आकर्षक डाउन पेमेन्ट र एक्सचेन्ज अफरहरू व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी कार्निभलमा विशेष वित्तीय योजना र आकर्षक अफरहरू सार्वजनिक गरिएको छ । जसअन्तर्गत दायुन गाडी मात्र ३.९९ लाख डाउन पेमेन्टमा उपलब्ध हुनेछ। रिडारा इकोन ४×४ पनि ९.९९ लाख डाउन पेमेन्टमा बुकिङ गर्न सकिनेछ। आयन र एक्सपाङ यी गाडीहरूको खरिदमा १२ लाखसम्मको बिशेष बेनिफिट दिइने उल्लेख छ।

यसका साथै मेलामा सहभागी हुने ग्राहकहरूले सबैभन्दा उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन र उत्कृष्ट फाइनान्स सुविधा समेत पाउने कम्पनीले जनाएको छ। अवलोकन र टेस्ट ड्राइभको लागि इच्छुक ग्राहकहरूले मेला अवधिभर भृकुटीमण्डपमा उपस्थित भई गाडीहरूको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स सम्बन्धी परामर्श लिन सक्ने बताइएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit