Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाली बजारमा नयाँ ‘एमजी हेक्टर’ सार्वजनिक, प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार

नेपाली बजारमा नयाँ ‘एमजी हेक्टर’ सार्वजनिक, प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक आयातकर्ता तथा वितरक जि.ओ. अटोमोबाइल्सले नयाँ एमजी हेक्टर एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी सोरुममा आयोजित एक विशेष कार्यक्रमकाबीच यस नयाँ गाडीको अनावरण गरिएको हो। केही समयअघि मात्रै एमजी विन्डसर MG Windsor ) र एमजी कमेट ( MG Comet ) सार्वजनिक गरेको कम्पनीले यसलगत्तै हेक्टरको नयाँ संस्करण ल्याएर नेपाली बजारमा आफ्नो प्रिमियम गाडीहरूको दायरा थप विस्तार गरेको छ।

कम्पनीका अनुसार यो नयाँ संस्करण बजारमा यसअघि उपलब्ध हेक्टरको तुलनामा डिजाइन, प्रविधि र सुविधाका हिसाबले उल्लेखनीय रूपमा परिष्कृत गरिएको छ। गाडीको बाह्य स्वरूपलाई अझ आधुनिक र आकर्षक बनाइएको छ भने भित्री भाग (इन्टेरियर) मा प्रिमियम सजावट र फराकिलो केबिन उपलब्ध छ भने आधुनिक परिवार र प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गर्दै यसमा स्मार्ट जडान प्रणाली र प्रयोगकर्तामैत्री सुविधाहरू थपिएका छन्।

उत्कृष्ट सुरक्षा विशेषताहरू र दैनिक प्रयोगमा बढी उपयोगिता प्रदान गर्ने गरी उच्च आरामको ग्यारेन्टी गरिएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार नयाँ एमजी हेक्टर नेपाली बजारमा ६६ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध गराइएको छ। ग्राहकको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै यो एसयूभी चार फरक संस्करणमा बजारमा ल्याइएको छ।

‘एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक हो। नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि र व्यवहारिकताको उत्कृष्ट समिश्रण खोज्नेहरूका लागि यो नयाँ हेक्टर सबैभन्दा उपयुक्त विकल्प बन्नेछ’ प्रबन्ध निर्देशक आकाश गोल्छाले भने ।

नयाँ गाडीको सार्वजनिकसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने कम्पनीको विश्वास छ। जि.ओ. अटोमोबाइल्सले विश्वस्तरीय सवारीसाधनसँगै भरपर्दो बिक्रीपछिको सेवा, आधिकारिक स्पेयर पार्ट्सको सहज उपलब्धता र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धता समेत दोहोर्‍याएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit