काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभल ‘ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५’ मा सह–प्रायोजकका रूपमा सहभागिता जनाउँदै युवा पुस्तासँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ।
८ हजार भन्दा बढी युवा, पप–कल्चर फ्यान, गेमर तथा कस्प्ले कलाकारहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।
कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा सीमित रहेन। यामाहाले आफ्नो लोकप्रिय MT-15 सिरिज प्रस्तुत गर्दै स्ट्रीट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायबीचको दूरी घटाउने प्रयास गर्यो। सृजनशीलता, आत्म–अभिव्यक्ति र राइडिङ लाइफस्टाइललाई एउटै मञ्चमा प्रस्तुत गर्दै यामाहाले युवा केन्द्रित ब्रान्ड पहिचानलाई थप मजबुत बनाएको देखियो।
कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिएको ओटाकु जात्राको माहोल यामाहाको ‘युवा र स्ट्रिट–कल्चर’ मा केन्द्रित ब्रान्ड दर्शनसँग पूर्ण रूपमा मेल खाएको थियो। यसले आधुनिक युवा संस्कृति, व्यक्तिगत स्वतन्त्रता र जीवनशैलीप्रतिको यामाहाको बुझाइलाई स्पष्ट रूपमा उजागर गर्यो।
यस अवसरमा यामाहाले नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५ का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता श्रीहरि पौडेल तथा महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई यामाहा मर्चेन्डाइज हस्तान्तरण गर्दै सम्मान गरेको थियो। यस कदमले मोटरस्पोर्ट्सको विकास र उत्कृष्टताप्रतिको यामाहाको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
कार्यक्रमको मुख्य आकर्षणमध्ये एक कस्टमाइज्ड MT-15 मोटरसाइकल प्रदर्शनी रह्यो। राइडरहरूको व्यक्तिगत कथा र प्रेरणालाई झल्काउने युनिक मोडिफिकेसन, लिभरी र एसेसरिजले राइडिङ समुदायभित्रको सिर्जनशीलतालाई उजागर गर्यो। यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवाल ले ती राइडरहरूलाई भेट्दै मर्चेन्डाइज प्रदान गरेका थिए ।
फेस्टिभलमा प्रस्तुत गरिएको यामाहाको स्टन्ट शो ले दर्शकहरूको ध्यान आकर्षित गर्दै माहोल तताएको थियो। प्रोफेशनल राइडरहरूले प्रस्तुत गरेका स्टन्टहरूले यामाहाको पर्फर्मेन्स डीएनए र बलियो मोटरस्पोर्ट्स विरासतलाई प्रतिबिम्बित गरे।
दर्शकहरूसँग प्रत्यक्ष अन्तरक्रिया बढाउने उद्देश्यले यामाहाले विभिन्न अनुभवजन्य जोनहरू पनि सिर्जना गरेको थियो।MotoG रेसिङ सेटअपसहितको गेमिङ जोन, ग्राफिटी आर्ट वाल, हेल्मेट आर्ट जोन तथा MT-15 छ एक्स्पेरियन्स जोन मा गरिएको टेस्ट राइडले युवाहरूको उल्लेखनीय सहभागिता देखियो।

कार्यक्रमको अर्को विशेष आकर्षण MT राइड–आउट’ रह्यो, जहाँ ३५ जना राइडरहरूले कस्प्ले कलाकारहरूलाई पिलियनमा राख्दै प्लाजासम्म राइड गर्दै कार्यक्रमप्रति थप उत्साह सिर्जना गरेका थिए।
ओटाकु जात्रामा यामाहाको उपस्थिति केवल प्रायोजकको भूमिकामा सीमित नभई, समकालीन संस्कृति र फ्यानडमको उत्सवसँग आफूलाई जोड्ने स्पष्ट उद्देश्यसहितको सहभागिता रहेको देखिन्छ। यसमार्फत यामाहाले आधुनिक युवा समुदायसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्दै, समयसँगै अघि बढ्ने ब्रान्डका रूपमा आफ्नो पहिचान थप सुदृढ गरेको छ।

















प्रतिक्रिया दिनुहोस्