Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

‘विमानस्थल नियमित सञ्चालन नभएकौ कारण भोलि हाम्रा व्यवसायीहरू धरासायी हुनुहुँदैन’

‘विमानस्थल नियमित सञ्चालन नभएकौ कारण भोलि हाम्रा व्यवसायीहरू धरासायी हुनुहुँदैन’
विज्ञापन
Advertisement

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सव समारोहलाई आज भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडान नियमित सञ्चालनका लागि विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको बताए । सङ्घीय सरकारले विमानस्थल सञ्चालन गर्न अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकार साझेदारी र समन्वय गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे ।

प्रदेश सरकारले अघि सारेका प्रस्तावमा सङ्घीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘लुम्बिनी प्रदेशमा जुन लक्ष्य र उद्देश्य राखेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो, यसलाई नियमित सञ्चालन गर्न प्रदेश सरकारको तर्फबाट सङ्घीय सरकारसँग माग गर्दछौँ’, उनले भने । ‘विमानस्थल सञ्चालन नभएकौ कारण भोलि हाम्रा व्यवसायीहरू धरासायी हुनुहुँदैन ।’

मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध अगाडि बढाएर, विश्वास आर्जन गरेर यो विमानस्थल नियमित सञ्चालनको पहल गर्नुपर्नेमा जोड दिए । यसका लागि प्रदेश सरकार सरोकार भएका निकाय तथा सङ्घीय सरकारसँग सहकार्य र समन्वय गर्न तयार रहेको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री आचार्यले परिणाममुखी ढङ्गले काम गर्न प्रदेश सरकार तयार रहेको बताउँदै व्यवसायीहरूका समस्या समाधानका लागि पटकपटक वार्ता भए पनि समाधान हुन नसकेको उल्लेख गरे । उनले सङ्घीय सरकार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा राखिएका लक्ष्य र उद्देश्यअनुसार तत्काल नियमित सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

विमानस्थल सञ्चालन नहुँदा स्थानीय व्यवसायी धरासायी हुने अवस्था आउन नदिन अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार गरी विश्वास निर्माण गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए । आवश्यक परे प्रदेश सरकारले जिम्मेवारी लिन तयार रहेको भन्दै श्रम स्वीकृति दिने कार्यालय यही स्थापना गर्न, स्वास्थ्य जाँच प्रदेश सरकारले गर्ने प्रस्ताव राखेको उनले बताए । सङ्घीय सरकारले यससम्बन्धी अधिकार नदिँदा ती काम अघि बढ्न नसकेका उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रियस्तरका ट्राभल एजेन्सीहरूलाई भैरहवा ल्याउन, प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न र जहाज खाली नभई यात्रु भरिएर आउन सक्ने वातावरण बनाउन जोड दिए । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग विमानस्थललाई जोडेर विश्वभर सन्देश पुर्‍याउँदै पर्यटक आकर्षित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit