Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

पृथ्वीराजमार्गको जग्गा प्राप्ति र मुआब्जा निर्धारण गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी

पृथ्वीराजमार्गको जग्गा प्राप्ति र मुआब्जा निर्धारण गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी
विज्ञापन
Advertisement

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ। गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले यस अवधिमा राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सिफारिसलगायत गरी उक्त सङ्ख्यामा सेवा प्रदान गरिएको जानकारी दिए । उनका अनुसार १८ हजार १९५ जनालाई राष्ट्रिय परिचयपत्र, ११ हजार ३१६ जनालाई नागरिकता, १० हजार ४६६ जनालाई राहदानी, एक हजार ९९८ जनालाई सिफारिस र प्रमाणीकरण, ८६० जनालाई गुनासो सम्बोधन, ३४२ जनालाई नाबालक परिचयपत्र सेवा प्रदान गरिएको छ।

नौ महिना तनहुँ बसाइपछि सिन्धुपाल्चोक सरुवा भएका प्रजिअ अधिकारीले यस अवधिमा पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासो सम्बोधन, ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण, तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण, गुनासो सम्बोधन, एमसिए नेपालको मुआब्जा निर्धारण तथा विवाद समाधान, विद्युत् प्रसारण लाइनको जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विवाद समाधानमा काम गरेको जानकारी दिए ।

आज यहाँ आयोजित सञ्चारकमीसँगको भेटघाटमा उनले एकीकृत जिल्ला सुरक्षा योजना, चाडपर्व लक्षित सुरक्षा योजना, एकीकृत जिल्ला निर्वाचन सुरक्षा योजना तर्जुमा, मतदान केन्द्रहरुको पुनरावलोकन तथा दुई मतदानस्थल थप, सामाजिक समस्या न्यूनीकरणका प्रयास गरिएको बताए ।

तनहुँ बसाइँका क्रममा सबै राजनीतिक दल, सङ्घसंस्था, सञ्चारकर्मी, कर्मचारीहरुबाट प्राप्त सहयोगले काम गर्ने ऊर्जा मिलेको प्रजिअ अधिकारीको भनाइ छ। यसअवधिमा दुई करोड १४ लाख २७ हजार ९८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit