काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व ९सीएसआर० कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिका वडा नं। १० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ।
उक्त मेसिनको औपचारिक हस्तान्तरण ललितपुर महानगरपालिका वडा नं। १० मा आयोजित विशेष समारोहबीच सम्पन्न भएको हो। कार्यक्रममा ललितपुर महानगरपालिकाका महानगर प्रमुख, वडा नं। १० का वडा अध्यक्ष तथा वडा सदस्यहरू, स्वास्थ्य केन्द्रका प्रतिनिधि, स्थानीयवासी तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै समुदायको प्रत्यक्ष हित हुने कार्यक्रमहरूलाई प्राथमिकतामा राखी कम्पनीले सीएसआर गतिविधिहरू सञ्चालन गर्दै आएको बताए ।
उनले प्रदान गरिएको अल्ट्रासाउण्ड मेसिनबाट स्थानीय बासिन्दाले सहज, समयमै र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।
विशेषगरी आमा तथा बालस्वास्थ्य सेवामा यसले महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा व्यवसायलाई जोखिम व्यवस्थापनको माध्यममा मात्र सीमित नराखी समाजको दिगो विकासमा साझेदारको रूपमा अघि बढाउँदै आएको जनाएको छ। कम्पनीले स्थानीय सरकार, स्वास्थ्य संस्था तथा समुदायसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
कम्पनीले आगामी दिनहरूमा पनि समुदायको जीवनस्तर सुधार, जनस्वास्थ्य प्रवर्द्धन तथा सामाजिक रूपमा अर्थपूर्ण कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

















प्रतिक्रिया दिनुहोस्