काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ६६ लाख कित्ता साधारण शेयरको प्रत्याभूति (अण्डरराइटिङ) का लागि ज्योति क्यापिटललाई नियुक्त गरेको छ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको कुल ६६ करोड रुपैयाँ बराबरको शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा सोमबार दुवै संस्थाबीच औपचारिक हस्ताक्षर भएको छ। सम्झौतापत्रमा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जीका महाप्रबन्धक जनार्दन अर्यालले हस्ताक्षर गरे ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । यसले धितोपत्र बोर्डबाट अनुमति लिई विभिन्न मर्चेन्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

















प्रतिक्रिया दिनुहोस्