Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी –भेनेजुएला कारबाहीको निन्दा

संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी –भेनेजुएला कारबाहीको निन्दा
विज्ञापन
Advertisement

काठमाडौं । संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र क्यारिबियन समुदायले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले क्षेत्रीय स्थिरताको लागि खतरा निम्त्याएको बताएका छन् । राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको घटनाको संयुक्त रूपमा कडा निन्दा गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाको ब्रुकलिन महानगरीय जेलमा पुर्‍याइएको छ। काराकासस्थित राष्ट्रपति भवनमै आक्रमण गरेर मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको अमेरिकी सेनाले न्यूर्योक लगेर त्यहाँबाट मादुरोलाई ब्रुकलिन जेल पठाएको हो। मादुरोविरुद्ध न्यूयोर्क अदालतमा परेका लागूऔषध निर्यातसम्बन्धी परेको मुद्दामा सुनुवाई हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। उनलाई शनिबार राति २ बजे काराकासबाट ग्वान्टानामो खाडी हुँदै अमेरिकी सेनाले न्यूयोर्क पु¥याएको थियो।

संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र क्यारिबियन समुदायले उक्त घटनाले अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन गरेको र क्षेत्रीय स्थिरताको लागि खतरा निम्त्याएको ठहराएका हुन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकी सैन्य हस्तक्षेपले दूरगामी क्षेत्रीय परिणामसहित खतरनाक उदाहरण स्थापित गरेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय कानून, युएन चार्टर, मानव अधिकार र कानूनको शासनको पूर्ण सम्मानको आवश्यकतामा जोड दिँदै सबै पक्षलाई समावेशी संवादमा संलग्न हुन आग्रह गरेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इयुले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको र भेनेजुएलामा शान्तिपूर्ण, लोकतान्त्रिक समाधानमा समर्थन जारी रहेको पुष्टि गरेकी छन्।

युरोपेली संसदले अमेरिकी हस्तक्षेपलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन र क्षेत्रलाई अस्थिर पार्ने कार्य ठहराउँदै कडा आलोचना गरेको छ। सुरक्षा तथा रक्षा समितिकी अध्यक्ष मारी–एग्नेस स्ट्र्याक–जिमरम्यानले अमेरिकाले पश्चिमको विश्वसनीयतालाई क्षति पु¥याइरहेको उल्लेख गर्दै यूरोपलाई एकीकृत विदेश तथा सुरक्षा नीतिलाई बलियो बनाउन आह्वान गरेकी छन्। यसैबीच, क्यारिबियन समुदायले आपतकालीन बैठक बोलाउँदै घटनाको विकास र छिमेकी देशहरूमा यसको सम्भावित प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। यस क्षेत्रीय निकायले विकासक्रम नजिकबाट निगरानी गर्न र क्यारिबियन क्षेत्रलाई सूचित राख्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit