काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराज नेपालले ‘६.६ मिड इयर शपिङ फेस्ट’ को घोषणा गरेको छ। यो अभियान आज बेलुकी ८ बजेदेखि जेठ २७ सम्म सञ्चालन हुनेछ।
फेस्टको मुख्य आकर्षणमा विभिन्न सामानहरूमा ७५५ सम्मको छुट, निःशुल्क होम डेलिभरी र विशेष भौचरहरू उपलब्ध हुनेछन्। भ्यासेलिन र होनासा जस्ता प्लेटिनम ब्रान्डमा १५५, गोल्ड ब्रान्डमा ७०५ र सिल्भर ब्रान्डहरूमा ६५५ सम्मको विशेष छुटका साथै, जुन ५ को बेलुकी ८ देखि बिहान २ बजेसम्म र जुन ८ को बेलुका ८ देखि मध्यरातसम्म ६६ भन्दा बढी ब्रान्डहरूमा विशेष अफर उपलब्ध गराइने जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, ग्राहकले क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५५ ९अधिकतम ७५० रुपैयाँ) र डेबिट कार्डमा १०५ (अधिकतम ५०० ) सम्म छुट पाउनेछन् । ब्रान्ड रश आवरमा अधिकतम २०० र नियमित समयमा अधिकतम १५० सम्मको छुट सुविधा रहेको जनाइएको छ। मेगा गिभअवेमा न्यूनतम १०,००० को किनमेल गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत १,६५,००० बराबरको ६५ इन्चको हाइसेन्स क्यूलेड भिडा टीभी जित्न सक्नेछन्।
बाई एण्ड विन (न्यूनतम ५,००० को खरिदमा) १ जनालाई ५३,९६० बराबरको स्पारनोड फिटनेस ट्रेडमिल, २ जनालाई ३,००० रुपैयाँ बराबरको फोरया एण्ड पी सेफ प्रडक्ट बन्डल, १ जनालाई ५,००० बराबरको स्मार्ट इलेक्ट्रिक वाइन डिस्पेन्सर उपलब्ध गराइने कम्पनीले जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्