काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्सले बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
आईएमईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको उक्त सहयोग रकम न्यूरो विकाससम्बन्धी समस्या भएका बालबालिकाको उपचार, आवश्यक थेरापी तथा पुनर्स्थापना सेवामा उपयोग गरिने कम्पनीले जनाएको छ ।
समयमै पाउने उपचारले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने र आर्थिक अभाव झेलिरहेका परिवारलाई राहत पुग्ने विश्वास लिइएको छ ।
बालक्ष्य डेभलपमेन्टले विशेष आवश्यकता भएका बालबालिकाहरूका लागि मूल्यांकन, परामर्श र थेरापी सेवा प्रदान गर्दै आएको छ।

















प्रतिक्रिया दिनुहोस्