Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तरबुजाखेतीमा किसानलाई आकर्षित गर्न बीउ र मल्चिङमा ५० प्रतिशत अनुदान

तरबुजाखेतीमा किसानलाई आकर्षित गर्न बीउ र मल्चिङमा ५० प्रतिशत अनुदान
विज्ञापन
Advertisement

गण्डकी । पोखरा महानगरपालिकाले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएको छ। पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको अवस्थामा यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी महानगर लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नं १३, १४, ३३ लगातयत स्थानमा झण्डै दुई सय रोपनीमा तरबुजाखेती गरिएकामा दुुई करोडबराबरको कारोबार भएको उनको भनाइ छ । ‘महानगरपालिकाले तरबुजाखेतीलाई व्यावसायिक रूपमा नै अघि बढाउने गरी अनुदानका कार्यक्रम पनि अघि बढाएको छ’ कडरियाले भने ‘यस वर्ष तरबुजाखेती गर्न चाहने किसानलाई बीउ र मल्चिङका लागि ५० प्रतिशत अनुदानको कार्यक्रम पनि राखिएको छ ।’

अघिल्लो वर्ष वडा नं १३ मा मात्रै करिब १०० रोपनी क्षेत्रमा तरबुुजाखेती गरिएको जानकारी दिँदै उनले तरबुजा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा उपस्थित गराउनका लागि उक्त वडामा तरबुजा मेलासमेत सम्पन्न गरिएको बताए । उनका अनुसार उत्पादक किसानका लागि महानगरपालिकाले तरबुजाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकेको छ ।

महानगरपालिकाले समुदायसँगको सहकार्यमा यस वर्ष तरबुजाका विभिन्न प्रजातिको परीक्षणसमेत गर्न लागेको हो । पोखरामा विशेषतः सरस्वती जातको तरबुजा धेरै लगाउने गरिएको कडरियाले जानकारी दिए । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit