Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ जारी गरेर केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ उठाउँदै

‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ जारी गरेर केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ उठाउँदै
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक वर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ग’ उपकरण प्रयोग गरी आइतबार २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

यसको बोलकबोल आज मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने केन्द्रीय बैंकले सूचनामार्फत जनाएको छ । आज निष्कासन हुने ऋणपत्रको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकले सावाँ आगामी २०८३ पुस २० गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने उल्लेख छ । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने बताइएको छ ।

ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले सूचनामार्फत स्पष्ट गरेको छ । यसअघि राष्ट्र बैंकले पुस १४ गते एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’, पुस १६ मा एकवर्षे अवधिकै २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ निष्कासन गरेको थियो। बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्न राष्ट्र बैंकले पुसदेखि एक वर्षे अवधिको ऋणपत्र निष्कासन गरी तरलता खिच्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit