काठमाडाैं । सेन्टर फर एडमिनिस्ट्रेसन, म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट (कामाद)को अध्यक्षमा सरकारका सहन्यायधिवक्ता कोषहरि निरौलालाई निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको संस्थाको साधारण सभाले निरौलालाई अध्यक्ष निर्वाचित गरेको हो ।
कामादको उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिवमा एकनाथ बास्तोला, संगठन विभाग प्रमुखमा दिव्यराज पोख्रेल, सचिवमा देवनारायण पौडेल र निराजन पाण्डे, कोषाध्यक्षमा राजेन्द्र राज ओझा चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा दिवस आचार्य, बिन्दु धामी रावल, नवराज जैसी, तेजकुमार केसी, छविलाल पौडेल, अनिल खनाल, सुबोध कुमार शाह, निर्माण कुमार कार्की, मोहनबहादुर थापा मगर र बैकुण्ठ उपाध्याय चयन भएका छन् ।
संस्थाका निवर्तमान अध्यक्ष डिल्ली सिवाकोटी हुन् । २०४४ सालमा स्थापित संस्थामा उच्च पदस्थ निजामती कर्मचारीहरू रहेका छन् ।
यसले सार्वजनिक प्रशासनको क्षेत्रमा प्रगिक कार्यहरू गर्नुका साथै सेवामा रहेका अधिकृतहरूको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
यसले प्रकाशित गर्दै आएको कामाद जर्नल सार्वजनिक प्रशासनको क्षेत्रमा उत्कृष्ट रोजाइमा पर्ने गरेको छ।

















प्रतिक्रिया दिनुहोस्