Advertisement
Advertisement
Corporate Samachar
२६ भाद्र २०८३, शुक्रबार
Advertisement

नेप्से परिसूचक १३ अंकले घट्यो, कारोबार रकम सवा पाँच अर्बमा खुम्चियो

नेप्से परिसूचक १३ अंकले घट्यो, कारोबार रकम सवा पाँच अर्बमा खुम्चियो
विज्ञापन
Advertisement

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन निरन्तर उकालो लागेको बजारम आज भने गिरावटतर्फ मोडिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार दिन नेप्से परिसूचक १३.३५ अंक घट्दै २६सय ३५.९४ विन्दुमा झरेको छ। साथै, सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले ओरालो लागेको छन्।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमार्फत ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेको छ। यद्यपि, अन्य बढेका स्टकहरूको मूल्य वृद्धि दर साढे ३ प्रतिशतभन्दा कममा सीमित रह्यो । घट्ने स्टकतर्फ, कारोबारमा आएको एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ।

त्यसैगरी, जीवन विकास लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २६ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेका छन् । वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य रूपमा बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit