काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सोही प्रयोजनार्थ हाइड्रोपावरले एन आई सी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा मेन्छियाम हाइड्रोपावरको तर्फबाट कम्पनी सचिवधन राज सुवेदी र अनुसार एन आई सी एशियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले सोमबार हस्ताक्षर गरेका छन् ।
मेन्छियाम हाइड्रोपावर लिमिटेडले एक सय रुपैयाँ अंकित दरका ५४ लाख २५ हजार ८३३ कित्ता हकप्रद शेयरले बिक्री गर्न लागेको हो । क्यापिटलले ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १ः१ बराबर अर्थात ५४,२५,८३३ कित्ता शेयर निष्काशन गर्नको लागि आवश्यक प्रबन्ध गर्ने छ ।
एन आई सी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित १९ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरेको छ । उक्त निष्काशन तथा बिक्री प्रबन्ध सेवा मार्फत हाल सम्म कम्पनीले १८ अर्ब ९४ करोड भन्दा बढी शेयर पूँजी रकम संकलन गरेको छ ।
हाल क्यापिटलले २ वटा कम्पनीको प्राथमिक शेयर तथा ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमति माग गरेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्