Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

प्रविधि पत्रकार मञ्चमा नयाँ कार्यसमिति, अध्यक्षमा पूर्णभक्त

प्रविधि पत्रकार मञ्चमा नयाँ कार्यसमिति, अध्यक्षमा पूर्णभक्त
विज्ञापन
Advertisement

काठमाडाैं । सूचना प्रविधिका क्षेत्रमा कलम चलाउँदै आएका व्यावसायिक पत्रकारहरुको संस्था ‘प्रविधि पत्रकार मञ्च (टीजेफ)’ ले नयाँ नेतृत्व पाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार विहान सम्पन्न संस्थाको १२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट पूर्णभक्त दुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । दुवाल यसअघि संस्थाका उपाध्यक्ष थिए ।

नयाँ कार्यसमितिमा संस्थाको उपाध्यक्षमा गणेश सुवेदी, सचिवमा अनिल न्यौपाने, सहसचिव हिक्मत आचार्य र कोषाध्यक्षमा सजना बराल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा कमल केसी, शिव बस्नेत, युवराज गौतम र मुना कुँवर चयन भएका छन् । कुल ११ सदस्यीय कार्यसमितिमा बाँकी दुई जना सदस्यहरु कार्यसमिति बैठकले नियुक्त गर्ने भएको छ ।

उमेश पौडेल नेतृत्वको कार्यसमितिले दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि अब टीजेएफलाई दुवालले हाँक्ने भएका हुन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit