काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापा एक्लो उम्मेदवार बनेका छन् । बुधबार बिहान ११ बजेसम्म सम्पन्न मनोनयन दर्ता प्रक्रियाअनुसार सभापति पदका लागि थापाको मात्रै उम्मेदवारी परेको हो ।
निर्वाचन समितिका अनुसार महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा, प्रदीप पौडेलको उम्मेदवारी परेको छ । यस्तै, बहादुरसिंह लामाले सहमहामन्त्री पदमा उमेदवारी दिएका छन् । कांग्रेसको विधानअनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ जना सहमहामन्त्री रहने व्यवस्था छ ।
निर्वाचन समितिका अनुसार विशेष महाधिवेशनमा निर्वाचनका लागि सबै पदमा उम्मेदवारी दर्ता भैसकेको छ । आज बिहान ११ बजेसम्म मनोनयन फारम वितरण र उम्मेदवारी दर्ता प्रकृया सकिएको निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए। संयोजक केसीका अनुसार कुन पदमा क–कसको उम्मेदवारी पर्यो भन्ने सन्र्दभमा समितिले दिउँसो १ बजे विवरण सार्वजनिक गर्ने जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्