Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

भुजुङ्ग हाइड्रोपावरले सर्वसाधारण लागि आईपीओ निष्काशन गर्दै

भुजुङ्ग हाइड्रोपावरले सर्वसाधारण लागि आईपीओ निष्काशन गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुलाउन लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको २० लाख कित्ता शेयर जारी गर्नेछ । जसमध्ये कम्पनीले १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याएको मध्ये १० प्रतिशत अर्थात् १ लाख कित्ता शेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका शेयर बिक्री गरिसकेको छ । कम्पनीका अनुसार दोस्रो चरणमा अब कर्मचारीलाई २० हजार कित्ता, सामूहिक लगानी कोषलाई ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने छ ।

लगानी गर्न चाहनेले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता श्ेयरका लागि माघ १५ गतेसम्म आवेदन दिन पाउनेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिने समय थप गरिने कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit