Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बालेन शाहसँगै सुधन गुरुङ रास्वपा प्रवेश गर्दै

बालेन शाहसँगै सुधन गुरुङ रास्वपा प्रवेश गर्दै
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगै सुधन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। उनीहरू आज दिउँसो ३ :३० बजे औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ।

विज्ञापन
Advertisement
Advertisement

पार्टी प्रवेशको घोषणा गर्दै सुधन गुरुङले यो निर्णय कुनै पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको बताएका छन्। उनले जनताले माग गर्दै आएको जवाफदेहिता, स्पष्ट दिशा र नतिजामुखी कामलाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको उल्लेख गरेका छन्। ‘जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित गरिनेछ र परिवर्तनलाई स्थायी बनाइनेछ,’ गुरुङले भनेका छन्, ‘यो यात्रा जनतासँगै अघि बढ्छ।

बालेन शाहको राजनीतिक यात्रासँगै उनको रास्वपा प्रवेशलाई आगामी दिनमा नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने घटनाका रूपमा हेरिएको छ। विशेषगरी युवामाझ लोकप्रिय रहेका बालेन शाह र सुधन गुरुङको यो कदमले राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक र राजनीतिक प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ।

रास्वपाले यसअघि पनि वैकल्पिक राजनीति, सुशासन र जवाफदेहितालाई मुख्य एजेन्डा बनाउँदै आएको छ। बालेन शाहजस्ता स्वतन्त्र छविका नेताको प्रवेशले पार्टीको राजनीतिक सन्देश थप सशक्त हुने विश्लेषकहरूको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit