Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

भेटायोले उपत्यकाभित्र सुरु गर्यो गिजर मर्मत सेवा

भेटायोले उपत्यकाभित्र सुरु गर्यो गिजर मर्मत सेवा
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको अग्रणी अन–डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले उपत्यका भित्र जाडो याम लक्षित घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल गिजर मर्मत, जडान सेवा सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सेवा लिनका लागि मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिने उल्लेख गर्दै कम्पनीले एक हजार रुपैयाँ सेवा शुल्क तोकेको जनाएको छ ।

जाडो सुरु हुनासाथ काठमाडौंमा गिजर बिग्रने समस्या धेरै देखिन्छन्। सामान्य समस्याहरूमा पानी तात्न ढिलो हुनु, गिजरले पानी तताउन छाड्नु, अनौठो आवाज आउनु, पानी विस्तारै बग्ने, अत्यधिक बिजुली खपत, र गिजरबाट करेन्ट लाग्ने जस्ता जोखिमहरु न्यूनिकरण गर्न आवश्यक रहेमा भेटायोले सेवा दिने कम्पनीले जनाएको छ।

भेटायोले कसरी दिन्छ सेवा ?
भेटायोले छिटो, सुरक्षित र अनुभवी प्रमाणित प्राविधिकहरू मार्फत सेवा प्रदान गर्दछ। कम्पनीका प्राविधिकहरूले सम्पूर्ण गिजर निरीक्षण, हीटिङ् कोइल जाँच, थर्मोस्ट्याट परीक्षण, तार र जडान जाँच, स्केलिङ हटाउने र पूर्ण सफाइ, सुरक्षा जाँच, र नयाँ गिजर जडान (पर्खालमा जडान, पाइप सेटिङ्, तार जडान सहित) जस्ता कार्यहरू गर्छन्।

नियमित सर्भिसिङले गिजरको आयु बढाउने, बिजुली खर्च घटाउने, तताउने क्षमता सुधार्ने, सुरक्षा जोखिम कम गर्ने, र पानी तताउने गति तेज गर्ने जस्ता कुरामा फाइदा पुर्‍याउँछ। यसले जाडोमा निरन्तर तातो पानी सुनिश्चित गर्छ र परिवारलाई असहज परिस्थितिबाट बचाउँछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit