Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

‘बदल्यौं कांग्रेस, समुन्नतिका लागि बदल्छौं देश’

‘बदल्यौं कांग्रेस, समुन्नतिका लागि बदल्छौं देश’
नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित हुनुभएका नेका सभापति गगनकुमार थापा शुक्रबार पार्टी कार्यालय सानेपामा पदवहाली गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसले नयाँ नेतृत्वसहित पार्टीमा परिवर्तनसँगै नयाँ यात्रा तय गरेको छ । नवनिर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित केन्द्रीय कार्यालयमा आज पद बहाल गरेसँगै आफ्नो देश बदल्ने संकल्पसमेत सार्वजनिक गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

थापाले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित आफ्नो कार्यकाल सुरु गरेका हुन्। शुक्रबार सभापति थापाले बैठकको माइन्युटमा लेखेका छन्, ‘हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’

यसैबीच केन्द्रीय समितिको बैठकपश्चात थापाले काङ्ग्रेस बदलिनै पर्छ भन्ने आह्वान र पुकारको सम्मान महाधिवेशनले गरेको बताए । उनले भने, ‘यो कुर्सीमा बस्न सजिलो छ तर जिम्मेवारी पूरा गर्ने कुरा अत्यन्त कठिन छ। हामीले नागरिकहरुको कुरा सुनेको हो, काङ्ग्रेस बदलिनै पर्छ भन्ने त्यो आह्वानलाई, त्यो पुकारलाई हामीले सम्मान गरेको हो त्यो गर्नुपर्छ। हाम्रो संस्थापक नेता र यो पार्टीले हामीलाई सिकाएको कुरा यही हो। हामीले निर्वाचनको लागि उम्मेदवारीहरु चयन गर्ने काम गर्नुपर्यो सजिलो थिएन ।’

यस्तै, उनले देश र राज्य ठिक तरिकाले नचलेको भन्दै नागरिकहरुमा रहेको सुशासनको भोक र भ्रष्टाचारको दलदलबाट देशलाई निकाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘नागरिकहरुमा सुशासनको ठूलो भोक छ, भ्रष्टाचारको दलदलबाट नेपाल निस्किनुपर्यो भन्ने कुराको ठूलो छटपटि छ, युवाहरुमा नेपालभित्र अवसर पाउने व्यवस्था होस् भनेर ठूलो आशा छ, यो देश राम्रो तरिकाले चलोस् भन्ने छ । जसरी देश र राज्य चलि रहेको छ । ठिक तरिकाले चलि रहेको छैन ।’

पार्टीका स्थापनाकालिन मूल्य र मान्यतालाई दृढ, परिष्कृत गरेर जोगाएर लाने काम अबको काङ्ग्रेसले गर्ने भन्दै नयाँ युगको माग अनुसार देशलाई सम्हालेर सुशासनको काम अगाडि बढाउने थापाको भनाइ छ । उनले भने, ‘वर्तमान काङ्ग्रेस हिजोको काङ्ग्रेसभन्दा फरक हो भन्दै गर्दा हिजो सबै कुरा खराब थियो भन्ने होइन, पुरानो सबै खराब हुँदैन,’ उनले भने,‘ हाम्रो पार्टीका स्थापनाकालिन मूल्य र मान्यतालाई दृढ भएर परिष्कृत गरेर जोगाएर लाने काम अबको काङ्ग्रेसले गर्छ । तर नयाँ युगको नयाँ चेतना छ, नयाँ माग छ । त्यही अनुसार यो काङ्ग्रेसले यो देशलाई सम्हाल्ने पनि छ र सँगसँगै सुशासनको काम अगाडि बढाउने छ ।’ 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit