Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड

देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड
विज्ञापन
Advertisement

काठमाडौं । औषधि उत्पादनको क्षेत्रमा करिब साढे तीन दशकदेखि सक्रिय रुपमा कामगर्दै आएको देउराली जनता फर्मास्युटिकल्स प्रालीले २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आर्थिक वर्ष (आव)२०८१÷८२ मा कम्पनीले सो नाफा आर्जन गरेको रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार कम्पनीले आव २०८०-८१ मा भने २ अर्ब २ करोड ३० लाख रुपैयाँ मात्रै नाफा कमाएको पाइएको छ । यस्तै, कम्पनीले आव २०७९-८० मा भने १ अर्ब ८६ करोड ४०९ लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । आव २०७८-७९ मा भने कम्पनीले १ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

सन् १९९१ मा स्थापना भएको यस कम्पनीले मुटुरोग, मधुमेह, स्त्रीरोग तथा शिशु स्वास्थ्य, कलेजो रोग, छाला रोग लगायतका विभिन्न क्षेत्रमा प्रयोग हुने सामान्य तथा विशिष्टीकृत गरी २५० भन्दा बढी प्रकारका औषधिहरूको उत्पादन गर्दै आएको छ । यस कम्पनीको शेयर स्वामित्व मुख्य रूपमा कार्यकारी निर्देशक तथा अध्यक्ष हरि भक्त शर्मा ९करिब ७१ प्रतिशत० को रहेको छ भने बाँकी शेयर उनका परिवारका सदस्यहरू तथा निकट सहयोगीहरूको स्वामित्वमा रहेको छ ।

जुलाई २०२५ मध्यसम्म कम्पनीको लो गियरिङ ०.३ गुणा र कुल बाह्य दायित्वहरू र वास्तविक नेट वर्थ ०.७ गुणा रहेको छ, साथै यसको कभरिज इन्डिकेटरहरू पनि बलियो छन् । कम्पनीको वित्तीय स्थितिलाई स्वस्थ आन्तरिक संचित लाभहरूले पनि समर्थन गरेको छ, जुन वर्षौंदेखि नियन्त्रित लाभांश नीति अपनाइएका कारण नियमित नगद प्रवाह उत्पन्न भएको छ ।

यसले वृद्धि सम्भावनानियमित पूँजी खर्च आवश्यकतालाई समर्थन गर्दै स्वस्थ पूँजी संरचना कायम राख्न सहयोग पुरÞ्याएको छ । पर्याप्त तरलता स्थिति र पर्याप्त ड्राइंग पावरको हेडरूमले पनि रेटिङलाई सकारात्मक असर गरेको छ । कम्पनीको धेरै उत्पादन लाइनमा विस्तृत उपचारात्मक कभर र २०० भन्दा बढी वितरकहरूसँगको स्थापित आपूर्ति श्रृंखलाले भविष्यमा आम्दानी वृद्धिमा र स्थायित्वमा सकारात्मक योगदान पुर्याउने देखिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit