Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आन्दोलन र दमनसम्बन्धी प्रतिवेदनको समग्र समीक्षा गर्दै सरकार

आन्दोलन र दमनसम्बन्धी प्रतिवेदनको समग्र समीक्षा गर्दै सरकार
विज्ञापन
Advertisement

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले मानव अधिकार आयोगसहित विभिन्न कालखण्डमा गठित आयोगहरूले सरकारलाई बुझाएका प्रतिवेदनहरूको अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विगतमा भएका आन्दोलन, तिनका क्रममा भएका दमन तथा घटनाक्रमबारे तयार पारिएका प्रतिवेदनप्रति सरकार गम्भीर रहेको बताएका हुन्। उनले मानव अधिकार आयोगको भदौ २३ र २४ गतेका घटनासम्बन्धी प्रतिवेदन मात्र नभई विभिन्न समयमा गठन भएका आयोगहरूले बुझाएका सबै प्रतिवेदनलाई एकमुष्ट रूपमा अध्ययन गरिने जानकारी दिए।

‘मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभई विभिन्न कालखण्डमा भएका आन्दोलन, ती आन्दोलनका क्रममा भएका घटनाक्रम र त्यससम्बन्धी प्रतिवेदनहरू पनि अध्ययनको विषय हुन्,’ प्रधानमन्त्रीले भने, ‘सरकारलाई बुझाइएका सबै प्रतिवेदनको समग्र समीक्षा गरेर आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ।’प्रधानमन्त्रीले विभिन्न समयमा भएका आन्दोलनका क्रममा दमन र मानव अधिकार उल्लङ्घनका घटनाबारे छानबिन गर्न गठन गरिएका आयोगहरूले बुझाएका प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पारे।

उनका अनुसार प्रतिवेदनमा औँल्याइएका विषयहरूको अध्ययनपछि कानुनअनुसार आवश्यक निर्णय र कारबाही गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit